शनिबार, भदौ २०, २०८३

बर्डफ्लु संक्रमण : भारतबाट पशुपन्छी आयातमा रोक

बर्डफ्लुको बढ्दो संक्रमण रोक्न सरकारले भारतबाट हुने पशुपन्छीको आयातमा प्रतिबन्ध लगाएको छ। 
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं– बर्डफ्लुको बढ्दो संक्रमण रोक्न सरकारले भारतबाट हुने पशुपन्छीको आयातमा प्रतिबन्ध लगाएको छ। 

पशुसेवा विभागले भारतका विभिन्न राज्यमा फैलिएको बर्डफ्लु संक्रमण नेपालमा पनि देखिएकाले भारतबाट हुने पशुपन्छी आयातमा रोक लगाएको हो। 

भारतबाट रोग सार्न सक्ने वस्तुको आयात पूर्ण रूपमा रोक लगाएको विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

यसअघि शनिबार काठमाडौं जिल्ला तारकेश्वर नगरपालिकाको वडा नम्बर ७ स्थित साङ्लेखोला र फुटुङका स्थानीय किसानले पालेका टर्की र हाँसमा बर्ड फ्लु पुष्टि भएको थियो।

तारकेश्वर नगरपालिकामा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि १८६५  हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको छ।

विभागले बर्डफ्लु अन्यत्र फैलन नदिन आवश्यक पहल थालिएको जनकारी गराएको छ।

बर्डफ्लुको रोकथाम तथा नियन्त्रणका लागि सम्बद्ध सबै निकायलाई सतर्क राखिएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ।

विभागका निमित्त महानिर्देशक दमयन्ती श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा पन्छी तथा पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्रै गर्न गराउन अनुरोध गरिएको छ। 

त्यस्तै फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गर्न गराउन र बिक्रीस्थलमा अस्वाभाविक रुपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा निकायमा जानकारी गराउन भनिएको छ।

नेपालमा बर्डफ्लु भित्रिसकेकाले मासुजन्य वस्तु राम्रो सँग पकाएर मात्रै उपभोग गर्न चिकित्सकको सुझाव छ।

प्रकाशित: Jan 31, 2021| 05:18 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।