शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धनको निर्णय : मंगलबारसम्ममा न्यूनतम साझा कार्यक्रम, अनि मात्रै मन्त्रिपरिषद् विस्तार

गठबन्धनको निर्णय : मंगलबारसम्ममा न्यूनतम साझा कार्यक्रम, अनि मात्रै मन्त्रिपरिषद् विस्तार

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच बालुवाटारमा भएको छलफलमा मंगलबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने सहमति बनेको छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं– सत्तारुढ गठबन्धनले मंगलबारसम्म सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। सोमबार साँझ सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको छलफलले न्यूनतम साझा कार्यक्रम पछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष निकालेको हो। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच बालुवाटारमा भएको छलफलमा मंगलबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने सहमति बनेको छ। 

कार्यक्रम सार्वजनिक भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको प्रधानमन्त्री शेरबहादुर देउवा निकट एक नेताले जानकारी दिए। गत असार २९ गते प्रधानमन्त्री नयुक्त भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

बालुवाटार बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष यादव र कांग्रेस महामन्त्री तथा सरकारलाई सहयोग गर्न भनेर बनाइएको कार्यदलका संयोजक पूर्णबहादुर खड्का सहभागी थिए। 

छलफलमा मन्त्रालयको बाँडफाँट, मन्त्रिपरिषद् विस्तार र न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल भएको थियो। न्यूनतम साझा कार्यक्रम बनाउने जिम्मा खड्का नेतृत्वको कार्यदलले पाएको छ। कार्यदलले मंगलबारसम्म सरकारका न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ।

प्रकाशित: Aug 02, 2021| 19:38 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...