शनिबार, भदौ २०, २०८३

दुर्घटनामा दुई जनाको मृत्यु

 पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा गए राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा  दुई जनाको मृत्यु भएको छ।
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

सुदूरपश्चिम- पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा गए राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा  दुई जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ त ५४२ नंको ट्र्याक्टर र सोही दिशातर्फ गइरहेको बा १ प ४०४ नंको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार कैलालीको घोडाघाडी नगरपालिका १० पहलमानपुरका २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताए।

दुर्घटनामा घाइते दुवैको घोडाघोडी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो। प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jan 31, 2021| 04:05 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।