शनिबार, भदौ २०, २०८३

तनहुँमा बृहत् खानेपानी योजना सुरु

तनहुँको घिरिङ गाउँपालिका-१ मा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण सुरुआत भएको छ।
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

तनहुँ - तनहुँको घिरिङ गाउँपालिका–१ मा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण सुरुआत भएको छ। 

खानेपानी सुविधा नपुगेका घरमा खानेपानी पुर्‍याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण सुरु भएको हो।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको १० करोड ६० लाख ६७ हजार ९०९ रूपैयाँको लागतमा पाँचवटा योजना निर्माण सुरु भएको डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका इञ्जिनियर वामदेव पौडेलले जानकारी दिए।

स्किम–१ अन्तर्गत कटहरेमा दुई करोड पाँच लाख ८३ हजार ११९, स्किम–२ अन्तर्गत पुट्टारमा दुई करोड १४ लाख ६८ हजार ६२१, स्किम–३ अन्तर्गत बैडीमा चार करोड आठ लाख १३ हजार ४२४, स्किम–४ अन्तर्गत भन्टारमा ५९ लाख १०४ र स्किम–५ अन्तर्गत अत्रौलीमा एक करोड ७३ लाख दुई हजार ६४० को लागतमा खानेपानी योजना निर्माण हुनेछ।

बृहत् खानेपानी योजनाबाट ५९७ घरधुरी लाभान्वित हुनेछन्। रासस

प्रकाशित: Jan 31, 2021| 03:40 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।