कञ्चनपुर- सशस्त्र प्रहरीले बेलौरी नगरपालिका ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ।
लालझाडी गाउँपालिका १ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँका २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको टोलीले पक्राउ गरेको हो।
सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २००, नक्कली नोट हजार दरको पाँच थान, मोबाइल फोन दुई थान, नगद १६०, मोटरसाइकलको लाइसेन्स, ब्लुबुक बरामद गरेको हो।
पक्राउ परेका दुवैलाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारवाहीका लागि प्रहरीलाई बुझाएको छ।