शनिबार, असार २७, २०८३

गोलरहित बराबरीमा आर्सनल र युनाइटेड, सिटीको साँघुरो जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनलले गोलरहित बराबरी खेलेका छन्।
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनलले गोलरहित बराबरी खेलेका छन्।

आर्सनलको इमिरेट्स मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम युनाइटेडसँगै गोलरहित बराबरी खेलेको हो।

उक्त बराबरीका साथ युनाइटेड अंकतालिकाको दोस्रो स्थानमा कायमै छ। ऊ २१ खेलबाट ४१ अंक बनाउँदै शीर्षस्थानको सिटीभन्दा तीन अंक पछि छ।

त्यस्तै, आर्सनल ३१ अंकका साथ नवौं स्थानमा छ। खराब सुरुवात गरेको आर्सनल पछिल्लो खेलमा केही सम्हालिएर नवौं स्थानमा पुगेको हो।

शनिबार रातिकै अर्को खेलमा शीर्षस्थानको म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडविरुद्ध १–० गोलको जित निकालेको छ।

सिटीको जितका लागि ग्याब्रियल जिससले खेलेको नवौं मिनेटमा निर्णायक गोल गरेका थिए।

गएरातिको जितसँगै उसले ४४ अंक जोड्दा पराजित शेफिल्ड ८ अंकका साथ पुछारमा छ।
 

प्रकाशित: Jan 31, 2021| 02:24 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।