सोमबार, चैत २, २०८२

जर्मन बुन्डेसलिगामा बायर्न र डर्टमन्डको जित

जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजेता बायर्न म्युनिखले जित निकालेको छ।
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजेता बायर्न म्युनिखले जित निकालेको छ।

National life

बायर्नको मैदानमा सम्पन्न खेलमा उसले होफेनहाइमविरुद्ध ४–१ गोलको जित निकालेको हो।

बार्यनको जितका लागि थोमस मुलर, रोबर्ट लेवान्डोस्की, सर्ज गन्याब्री र जेरोमी बोयटेङले समान १–१ गोल गरे।

यता होफेनहाइमका एन्ड्रेज क्रमारिचले ४४ औं मिनेटमा एक गोल फर्काए। जारी लिगमा १४ औं जितसहित ४५ अंक बनाएको बायर्न शीर्षस्थानमा छ।

गएरातीको खेलमा वायर लेवरकुसनमाथि साँघुरो जित निकालेको आरबी लाइप्जिक दोस्रो स्थानमा छ।

Laxmi sunrise bank
kumari

लाइप्जिकले शनिबार रातिको खेलबाट तीन अंक थप्दै ३८ अंक बनाएको थियो। १–० गोलले पराजित लेवरकुसनल ३२ अंकका साथ तालिकाको चौथो स्थानमा छ।

त्यस्तै, शनिबार रातिको अर्को खेलमा बोरुसिया डर्टमन्डले जित निकालेको छ।

डर्टमन्डको घरेलु मैदानमा सम्पन्न खेलमा उसले आउसबर्गविरुद्ध ३–१ गोलको सहज जित निकालेको हो। 

एक गोलले पछि परेको अवस्थाबाट जितका लागि थोमस डेलानी र जाडन साञ्जेले समान १,१ गोल गरे।

यता आउसबर्गका फेलिक्स उडोखईले आफ्नै पोस्टमा गोल गरेपछि डर्टमन्डले गोल कोसेली पाएको थियो।

लिगमा दशौं जितसहित डर्टमन्ड पाँचौ स्थानमा छ। उसले जारी सिजनका १९ खेलबाट ३२ अंक बनाएको छ। आउगबर्ग २२ अंकका साथ १३ औं स्थानमा छ।
 

प्रकाशित: Jan 31, 2021| 01:59 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।