शनिबार, असार २७, २०८३

रियल मड्रिड घरेलु मैदानमा पराजित

स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ।
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ।

रियलकै घरेलु अल्फ्रेदो डी स्टेफानो रंशालामा सम्पन्न खेलमा पाहुना टिम लेभान्टेसँग २–१ गोलले पराजित भएको हो।

रियलका मार्को एसेन्सेसियाले सुरुआती गोल गरेर रियललाई अग्रता दिलाए पनि त्यो जितका लागि पर्याप्त भएन।

पहिलो हाफको ३२ औं मिनेटमा जोज लुइिसले गोल गरेपछि लेभान्टेले रियलसँग बराबरी गरेको थियो। यससँगै पहिलो हाफको खेल १–१ गोलको बराबरीमा रोकियो।

दोस्रो हाफको ६२औं मिनेटमा रियलका भिनिसियसले बक्सभित्र लेभान्टेका खेलाडीमाथि फाउल गरेपछि पाहुना टिमले पेनाल्टीको अवसर पाएको थियो।

तर, पेनाल्टी प्रहारलाई गोलकिपर थियाबट कोउर्टोइसले बचाएपछि खेल फेरि बराबरीमै चलेको थियो। ७८औं मिनेटमा लेभान्टेका रोजर मार्टिले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाए।

यससँगै खेल लेभान्टेले आफ्नो पोल्टामा पार्‍याे। तर खेलको नवौं मिनेटमै रियलका एइडर मिलिटाओले रातो कार्ड पाएपछि रियल दबाबमा आएको थियो।

गएरातिको हारका बाबजुद रियल अंकतालिकाको दोस्रो स्थानमा छ। २० खेलबाट २२ अंक बनाएको रियल शीर्षस्थानमा एट्लेटिको भन्दा ७ अंकले पछि छ।

प्रकाशित: Jan 31, 2021| 01:32 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।