शनिबार, भदौ २०, २०८३

निर्वाचनमा जानुको विकल्प छैन : विश्वकर्मा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्माले  स्थिरता र समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्। 
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्माले  स्थिरता र समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्। 

नेकपा जिल्ला कमिटीद्वारा नेकपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले  निर्वाचनले लोकतन्त्र बलियो हुने विचार व्यक्त गरे।  
उनले भने, ‘पार्टीको महाधिवेशनसम्म पर्खनु नसक्ने, पद, सत्ता लोभ र देशको प्रगति नचाहेकाले जनताको ६४ प्रतिशतन जनमत प्राप्त नेकपा नेतृत्वको प्रधानमन्त्रीलाई अविश्वासको मत ल्याएर पदबाट हटाउने प्रयास भएकाले संसद् विघटन गर्न बाध्य भएको हो। सो अवस्था सिर्जना हुन लागेपछि मुलुकलाई संकटबाट जोगाउन लोकतन्त्रमा जनतामा जानु नै अन्तिम विकल्प हो।’ 

कार्यक्रममा नेकपा गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारीले पार्टीको मूलधार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा रहेकाले यसमै सबै आवद्ध हुन उनले आग्रह गरे। 

नेकपाका केन्द्रीय सदस्य जमिन्द्रमान घले, डा भीष्मनाथ अधिकारी, गुमानसिंह अर्याल, फूलबहादुर थापा, प्रेमबहादुर घले, लक्ष्मी अधिकारी, गोवद्र्धन गौली, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेलगायतले लोकप्रिय, विकासप्रेमी प्रधानमन्त्रीका विरुद्धमा लागेर देश संकटतर्फ लैजान खोज्नेका विरुद्धमा सबै एकजुट हुन आग्रह गरे। 

प्रकाशित: Jan 31, 2021| 01:19 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।