शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा भित्रियो बर्डफ्लु : तारकेश्वरमा हाँस र कुखुरा नष्ट

काठमाडौंमा भित्रियो बर्डफ्लु : तारकेश्वरमा हाँस र कुखुरा नष्ट

काठमाडौंमा पनि बर्डफ्लु भित्रिएको छ। तारकेश्वर नगरपालिका–७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको हो।
 |  शनिबार, माघ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०७७

काठमाडौं- काठमाडौंमा पनि बर्डफ्लु भित्रिएको छ। तारकेश्वर नगरपालिका–७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको हो।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार रोग फैलिन नदिनका लागि संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्नसक्ने अन्य वस्तु नष्ट गरिएको छ।

तारकेश्वरमा १ हजार ८६५ वटा हाँस, ६२२ बट्टाइ, ३२ वटा कुखुरा, २५ वटा टर्की, ५४२ थान अण्डा र ७५ केजी दाना नष्ट गरिएको मन्त्रालयले जनाएको छ।

केही समयअघि भारतका विभिन्न राज्यमा देखिएको बर्डफ्लु काठमाडौंमा भित्रिएको हो। काठमाडौंमा भित्रिएसँगै देशका अन्य ठाउँमा पनि बर्डफ्लु पुगिसकेको हुन सक्ने आशंका गरिएको छ।

प्रकाशित: Jan 30, 2021| 13:45 शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।