शनिबार, असार २७, २०८३

प्रधानमन्त्री कप : बेस्ट ब्याट्स्मेन पृथु, बेस्ट बलर शाहब

चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटमा बागमती प्रदेशका पृथु बास्कोटा उत्कृष्ट ब्याट्स्मेन बनेका छन्।
 |  शनिबार, माघ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०७७

काठमाडौं- चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटमा बागमती प्रदेशका पृथु बास्कोटा उत्कृष्ट ब्याट्स्मेन बनेका छन्।

आज (शनिबार) सम्पन्न प्रतियोगितामा पृथुले लिग चरणका चार खेल र सेमिफाइन खेलेका थिए।

समूह चरणमा लुम्बिनीविरुद्ध उनले २९ रन जोडेका थिए भने प्रदेश २ विरुद्ध ५३ रनको अर्धसतकीय पारी खेलेका थिए।

उनले प्रतियोगिताको दोस्रो खेलमा पनि ८४ रन बनाएका थिए। सुदूरपश्चिमविरुद्धको खेलमा उनी प्लेयर अफ दि म्याचसमेत बने।

त्यस्तै, जारी प्रतियोगिताको पहिलो खेलमा पनि पुलिसविरुद्ध अर्धसतक बनाउन दुई रनले चुके। तर सेमिफाइनले खेलमा भने उनले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

त्यस्तै, त्रिभुवन आर्मी क्लबका शाहब आलम उत्कृष्ट बलर घोषित भएका छन्। उनले त्रिभुवन क्लबलाई ऐतिहासिक जित दिलाउने क्रममा फाइनलमा तीन विकेट लिए भने अविजित २५ रन ब्याटिङ गरे।

उनले प्रतियाेगिताभर १२ विकेट लिएका थिए। यद्यपि सर्वाधिक विकेट लिनेमा भने आर्मीकै अविनाश बाेहरा छन्।

त्यस्तै उनले प्रतियोगिता अन्तर्गतका समूह चरणका खेलमा पनि उत्कृष्ट प्रदर्शन गरे।

आज सम्पन्न फाइनल खेलमा आर्मीका जितेन्द्र मुखिया प्लेयर अफ दि म्याच बने।

त्यस्तै, प्रदेश २ बाट उत्कृष्ट ब्याटिङ गरेका विवेक यादव उदाउँदा खलाडी बने।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका कमल सिंह ऐरी प्लेयर अफ दि सिरिज बनेका छन्।

प्रकाशित: Jan 30, 2021| 12:42 शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।