शनिबार, असार २७, २०८३

सावित्राको २ गोलमा एपीएफको लगातार पाँचौ जित

राष्ट्रिय महिला लिगअन्तर्गत आज (शनिबार) सम्पन्न दोस्रो खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले पाँचौ जित निकालेको छ।
 |  शनिबार, माघ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०७७

काठमाडौं- राष्ट्रिय महिला लिगअन्तर्गत आज (शनिबार) सम्पन्न दोस्रो खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले पाँचौ जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सम्पन्न खेलमा उसले वालिङ नगरपालिकाविरुद्ध ३–० गोलको जित निकालेको हो।
एपीएफको जितका लागि फरवार्ड सावित्रा भण्डारीले दुई गोल गरिन् भने प्रिती राईले एक गोल गरिन्।

भण्डारीले खेलको १३ औं मिनेटमा गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। यससँगै लिग लिडर एपीएफ पहिलो हाफमा १–० गोलले अघि रह्यो।

दोस्रो हाफको ७१ औं मिनेटमा प्रीति राईले एपीएफको अग्रतालाई दोब्बर बनाइन्। ७५ औं मिना भण्डारीले जितलाई ३–० गोलमा पुर्‍याउन व्यक्तिगत दोस्रो गोल गरिन्।

बलिङविरुद्ध सहज जितसँगै एपीएफले अंकतालिकामा दोस्रो स्थानको विभागीय क्लब आर्मीसँग ८ अंकको अग्रता बनाएको छ।

एक खेल कम खेलेको आर्मी ७ अंकका साथ दोस्रो स्थानमा छ। त्यस्तै, समान ७ अंक बनाएको विराटनगर गोलअन्तरका आधारमा पछि पर्दै तेस्रो स्थानमा छ।

आजको पहिलो खेलमा विराटनगरले चौदण्डीलाई ६–० गोलले हराएको थियो।
 

प्रकाशित: Jan 30, 2021| 12:17 शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।