शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई मन्त्री रायमाझीको निर्देशन

निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई मन्त्री रायमाझीको निर्देशन

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन्।
 |  शनिबार, माघ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०७७

काठमाडौं- उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन्।

नेकपा दोलखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज काठमाडौंमा आयोजित ‘बृहत कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै उनले नेकपा दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्ताले भ्रम सिर्जना गरिरहेकाले कत्ति पनि भ्रममा नपरी चुनावमा लाग्न निर्देशन दिएका हुन्।

पार्टीका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री रायमाझीले कुनै विचारभन्दा पनि पुष्पकमल दाहाल र माधवकुमार नेपालले पद नपाएका कारण पार्टी छाडेर गएको आरोप लगाए। उनले भने, ‘निर्वाचन आयोगले पार्टी फुटेको छैन भनेको छ, कि त पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानेर जानुपर्‍यो कि पार्टी फुटाएर जानुपर्‍यो।’

सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं नेकपाका नेता पार्वत गुरुङले दाहाल–नेपाल नेतृत्वको नेकपाका नेताहरुले पदकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको सन्दर्भमा प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गरेको प्रस्ट पारे।

उनले संविधानको रक्षाका लागि अब ताजा जनादेशमा जानुको विकल्प नभएको उल्लेख गर्दै त्यसका लागि व्यापक तयारीमा लाग्न कार्यकर्तालाई अपिल गरे। मन्त्री गुरुङले वर्तमान सरकारले राष्ट्र र राष्ट्रियता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा गरेको कामलाई जनतासम्म पुर्‍याउन पनि कार्यकर्तालाई निर्देशन दिए।

उनले दोलखा जिल्लाका प्रत्येक विद्यालय, वडा र प्रत्येक घरमा इन्टरनेट पुर्‍याउने सरकारको योजना रहेको जानकारी दिदैं दोलखालाई स्मार्ट दोलखा बनाउने प्रतिबद्धता व्यक्त गरे।

मञ्चका अध्यक्ष गणेश शिवाकोटीले समृद्ध नेपाल निर्माणका लागि स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट हुनुपर्नेमा जोड दिए। रासस

प्रकाशित: Jan 30, 2021| 12:10 शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।