काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालप्रति कटाक्ष गर्दै ‘कुहिएको आलु’को संज्ञा दिएका छन्।
चितवनमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘जसका लागि भोट मागेँ, उही कुहिएको आलु जस्तो निस्क्यो।’
प्रतिनिधिसभाको निर्वाचनमा ओलीले चितवन पुगेर दाहालका लागि भोट माग गरेका थिए।
यस्तै प्रधानमन्त्री ओलीले नेकपा फुटेको नभई केही मान्छे बाहिरिएको बताएका छन्।
दाहाल–नेपाल समूहप्रति लक्षित गर्दै उनले भने, ‘हामीले निचोरेको होइन, उनीहरू आफैं निचोरिएर फुत्त निस्किएका पिलो हुन्।’
सबै कम्युनिष्टको धार भनेको नेकपा नै भएको उनले बताए। ‘त्यो नेकपा हामी नै हौं,’ उनले भने।