सोमबार, चैत २, २०८२

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको ऐतिहासिक जित

प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट २०७७ को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।
 |  शनिबार, माघ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०७७

काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट २०७७ को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।

National life

पीएम कपको चौथो संस्करणमा लगातार चौथो पटक फाइनलमा पुगेको आर्मीले पहिलो उपाधि जितेको हो।

त्रिवि क्रिकेट मैदानमा आज (शनिबार) सम्पन्न खेलमा प्रतिस्पर्धी विभागीय एपीएफलाई ३३ ले हराउँदै आर्मीले उपाधि जित्यो २१२ रनको लक्ष्य पाएको एपीएफ ४१ ओभर तीन बलमा अल आउट हुँदै १७८ रनमा समेटियो।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित पुरा ओभरमा ९ विकेट गुमाएर २११ रन बनाएपछि एपीएफले २१२ रनको लक्ष्य पाएको थियो।

May be an image of one or more people, people playing sports and text

Laxmi sunrise bank
kumari

पहिलो इनिङको टप अर्डर ब्याटिङमा आएका सुशन भारी र अनिल मण्डलले ३२ रनको साझेदारी गरे। जहाँ भारीलाई १३ रन बनाएपछि किशोर महतोले सुवास खकुरेलबाट क्याचआउट गराए भने ११ रन बनाएका अनिल मण्डल अभिनाश बोहराको बलबाट पेवेलियन फर्किए।

तेस्रो नम्बरमा मैदान छिरेका हरि चौहानले रोहित पौडेलसँग ४१ रनको साझेदारी गरे भने विनोद भण्डारीसँग १९ रनको साझेदारी गरे। उनले राजेश पुलामीसँग पनि ४३ रनको साझेदारीबाट आर्मीले २१२ रनको लक्ष्य तय गरेको थियो।
१०२ बल खेलेका चौहानले छ चौकका साथ ५८ रनको अर्धसतकीय पारी खेले।

फाइनलमा १३ रन बनाएका ब्याट्स्मेन पौडेल लामो सट खेल्ने प्रयासमा अमर सिंह रौटेलाको क्याचबाट बाहिरिए। ब्याट्स्मेन भण्डारीले पनि १६ बलमा सात रन मात्र जोड्न सके।

३४ औं ओभरमा १०७ रन बनाउँदै भण्डारी बाहिरिएपछि कमजोर बनेको आर्मीलाई  चौहान र राजेश पुलामीको साझेदारीले जीवन प्रदान गर्यो।

उनीहरुले ४३ रन साझा गर्दा पुलामीले २८ रन बनाए भने शाहब आलमले अविजित २५ रन बनाए।
बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका अभिनाश बोहराले १० ओभरमा दुई मेडन राख्दै चार विकेट लिए।

दुई विकेट लिएका अर्का खेलाडी किशोर महतोले १० ओभर बल गरेर ५३ रन प्रदान गरे। त्यस्तै भुवन कार्की, कमल एरी र सरद भेषावकरले समान १,१ विकेट गिराए।

May be an image of one or more people, people playing sports and text that says 'TION SHD P'

जवाफी ब्याटिङमा आएका शंकर राना र आसिफ शेखले ९८ बलमा ७१ रनको साभेदारी गरे। चौथो ओभरमै कप्तान भेषावकरको दोस्रो विकेट गुमाएर कमजोर सुरुआत गरेको एपीएफलाई राना र शेखको जोडीले सहज अवस्थामा पुर्‍याएको थियो।

तर ७१ बलमा ६१ रन खेलेका शेखलाई जितेन्द्र मुखियाले पेवेलियन फर्काए भने राना पनि २१ रन जोड्दै आउट भए।
त्यस्तै सुमित महर्जनले १३ रन बनाए भने सन्दीप जोराले २९ रन बनाए। यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

एपीएफलाई लक्ष्यसम्म पुग्न नदिन एपीएफका जितेन्द्र मुखियाले खकुरेल, शेख र भेषावकरको महत्वपूर्ण तीन विकेट गिराए।

९ ओभर बलिङ गरेका मुखियाले ३७ रन दिए। त्यस्तै बिक्रम शोब र शाहब आलमले समान तीन–तीन विकेट गिराए, सुशन भारीले एक विकेट लिए।

यसअघिका तीन संस्करणमध्ये पहिलो संस्करणमा आर्मीले एपीएफसँग उपाधि बाँडेको थियो भने दोस्रो संस्करणमा एपीएफसँग हार बेहोरेको थियो।

त्यस्तै तेस्रो संस्करणमा अर्को विभागीय टिम पुलिससँग हारेको आर्मीको चौथो प्रयास सफल भएको हो।

प्रकाशित: Jan 30, 2021| 11:05 शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।