काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको अयोध्यापुरी विश्वका हिन्दूहरू, संस्कृतिविद्, पुरातत्वविद्, सभ्यताविद्हरूको गन्तव्यस्थल हुने बताएका छन्।
आज चितवनमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले अर्को वर्षको रामनवमीमा रामको प्राणप्रतिष्ठा गर्ने बताएका हुन्।
‘रामको भव्य प्रतिमूर्ति तयार भइसकेको छ, सीताको बन्दैछ, लक्ष्मण र हनुमानको पनि बन्छ,’ उनले भने, ‘अर्को वर्षको रामनवमीमा भव्य ढंगले प्राणप्रतिष्ठा गर्नेछौं, गुरूयाेजना बनिसकेकाे छ।’