काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज चितवनस्थित दुई ठूला आयोजनाको शिलान्यास गरेका छन्।
उनले भरतपुर महानगर सिटी हल र गोन्द्राङदेखि पुल्चोकसम्मको सडक विस्तारको शिलान्यास गरेका हुन्।
सिटी हल चार बिघा चार कठ्ठा क्षेत्रफलमा बन्दै छ। यसको लागत एक अर्ब २० करोड रहेको छ। निर्माण कार्यावधि २७ महिनाको छ।
प्रधानमन्त्री ओली जनसभालाई सम्बोधन गर्न चितवन पुगेका हुन्।
केहीबेरमा उनले केन्द्रीय बस टर्मिनल चितवनमा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।