शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधवजी र म भूमिगत समयमा पनि लुकीलुकी धेरै पटक भेट्यौँ : दाहाल

माधवजी र म भूमिगत समयमा पनि लुकीलुकी धेरै पटक भेट्यौँ : दाहाल

नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो र माधव नेपालको सम्बन्ध निकै पुरानो भएको बताएका छन्।
 |  शनिबार, माघ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०७७

काठमाडौं- नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो र माधव नेपालको सम्बन्ध निकै पुरानो भएको बताएका छन्।

धनगढीमा आयोजित पार्टीको विशाल सभालाई सम्बोधन गर्दै दाहालले आफ्नो र माधव नेपालको सम्बन्ध ४० को दशकदेखिकै रहेको बताए।

उनले भने, ‘तपाईँहरुलाई यीनीहरुको भर्खरै चिनजान भएको हो भन्ने लागेको होला, हामीले ४० को दशकदेखि नै सहकार्य गर्दै आएका हौँ।’

दाहालले माओवादी सशस्त्र युद्धकालमासमेत नेता नेपालसँग सहकार्य भएको खुलासा गरे।

‘हामी युद्धमा हुँदा पनि कमरेड माधव नेपालजीसँग पटकपटक छलफल भएको थियो। त्यो समयमा सबैभन्दा धेरै भेट र छलफल गर्ने हामी नै थियौँ।’ दाहालले भने, हामीले युद्धलाई शान्तिपूर्ण रुपमा अन्त्य गर्ने सम्बन्धमा धेरै पटक छलफल गरेका छौँ।

उनले अगाडि थपे, ‘मैले सशस्त्र युद्धको नेतृत्व गर्दा माधवजीले शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरिरहनु भएको थियो। यसरी हाम्रो लामो सहकार्यका कारण हामीले शान्ति सम्झौता गर्‍यौँ। दिल्ली सम्झौता भयो। देशमा गणतन्त्र आयो। त्यसैले हामीले लामो समयदेखि सहकार्य गरिरहेका छौँ, भर्खरैको चिनजान होइन।’

प्रकाशित: Jan 30, 2021| 09:15 शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।