सोमबार, चैत २, २०८२

चौदण्डीगढीलाई हराउँदै विराटनगर महिला लिगको तेस्रो स्थानमा

चौदण्डीगढीलाई हराउँदै विराटनगर महानगरपालिका राष्ट्रिय महिला लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ।
 |  शनिबार, माघ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०७७

काठमाडौं- चौदण्डीगढीलाई हराउँदै विराटनगर महानगरपालिका राष्ट्रिय महिला लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ।

National life

सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सम्पन्न खेलमा विराटनगर चौदण्डीलाई ६–० गोलले हराउँदै तेस्रो स्थानमा उक्लिएको हो।

विराटनगरको जितमा अनु राईले २ गोल गरिन् भने इमा राई, मनिषा थापा मगर, कुशुम खतिवडा र पार्वती घलेले १–१ गोल गरे।

अनुले २१ र ३६ औं मिनेटमा गोल गर्दै विराटनगरलाई अग्रता दिलाइन्। त्यसलगत्तै कुशुमले र ४३ औं मिनेटमा मनिषाले गोल गरेपछि पहिलो हाफमै विराटनगरले ४-० गोलको अग्रता बनाएको थियो।

दोस्रो हाफमा चौदण्डीले रणनीति सुधार गरे पनि विराटनगरलाई थप २ गोल गर्नबाट रोक्न भने सकेन। जहाँ कुसुमले ८२ औं र पार्वतीले ८३ औं मिनेटमै गोल गर्दै विराटनगरलाई ६-० गोलको जित दिलाए।

Laxmi sunrise bank
kumari

चौदण्डीगढीले जारी लिगका कुनै खेलमा जित निकाल्न सकेको छैन। चार खेलमा पराजित भएको उसले जम्मा एक गोल गरेको छ।

जितसँगै सात अंक जोडेको विराटनगर नेपाल पुलिस क्लबलाई पछि पार्दै अंकतालिकाको तेस्रो स्थानमा छ।
आजको दोस्रो खेलमा विभागीय टिम एपीएफले वालिङको सामना गर्दैछ।

प्रकाशित: Jan 30, 2021| 08:23 शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।