शनिबार, भदौ २०, २०८३

धनगढीमा दाहाल-नेपाल समूहको विरोधसभा सुरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको विरोधसभा धनगढीमा सुरु भएको छ। 
 |  शनिबार, माघ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०७७

धनगढी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको विरोधसभा धनगढीमा सुरु भएको छ। 

विरोधसभामा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधव नेपाल, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलाेचन भट्टलगायतले सम्बोधन गर्ने कार्यक्रम छ। 

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहले विभिन्न चरणमा आन्दोलन गरिरहेका छन्। 

माघ १२ गते थप संघर्षका कार्यक्रमहरू सार्वजनिक गरिएकाे थियो।  सोही कार्यक्रमअन्तर्गत धनगढीमा सभा गरिएको हो।

उनीहरूले बिहीबार बुटवल र शुक्रबार विराटनगरमा विरोधसभा गरेका थिए। 

यस्तै माघ २२ गते काठमाडौंमा युवा र्‍याली, २६ गते देशव्यापी मसाल जुलुस र २८ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा गरिने दाहाल-नेपाल समूहले जनाएको छ। 

प्रकाशित: Jan 30, 2021| 08:21 शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।