शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीमा ओली समूहले गर्‍यो जिम्मेवारी हेरफेर, घर्तीको ठाउँमा गिरी अध्यक्ष

लुम्बिनीमा ओली समूहले गर्‍यो जिम्मेवारी हेरफेर, घर्तीको ठाउँमा गिरी अध्यक्ष

नेकपाको ओली समूहले लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर गरेको छ। 
 |  शनिबार, माघ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०७७

बुटवल - नेकपाको ओली समूहले लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर गरेको छ। 

प्रदेश कमिटी र लुम्बिनीका १२ वटै जिल्लामा जिम्मेवारी हेरफेर गरिएको हो। 

ओली समूहले ओनसरी घर्तीलाई हटाएर प्रदेश अध्यक्ष लीला गिरीलाई बनाएको छ। 

नेकपाको राजनीतिक विभाजनअघि घर्ती प्रदेश अध्यक्ष थिइन्। यद्यपि अहिले पनि दाहाल–नेपाल समूहको प्रदेश अध्यक्ष भने उनी घर्ती हुन्। 

लीला गिरी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री समेत हुन्। 

यस्तै ओली समूहले प्रदेशका जिल्ला कमिटीमा पनि दाहाल–नेपाल समूहलाई हटाएर आफू निकटकालाई जिम्मेवारी दिएको छ। 

रुपन्देहीमा संयोजक शिव सुवेदी, सहसंयोजक तेजेन्द्र केसी र सचिवका रूपमा अनुप बराललाई जिम्मेवारी तोकिएको छ।

यस्तै दाङमा हुकुमबहादुर बस्नेतलाई संयोजक, मनोहर बुढाथोकीलाई सचिवको जिम्मेवारी तोकिएको छ। 

मुख्यमन्त्री शंकर पोखरेलकै गृह जिल्ला दाङमा पुरानो कमिटीका टीकाराम खड्कासहित पदाधिकारीहरू दाहाल–नेपाल समूहमा लागेपछि ओली समूह निकटलाई नयाँ जिम्मेवारी दिइएको हो। 

कपिलवस्तुमा साविककै झबिलाल पोखरेललाई संयोजक तोकिएको छ। सहसंयोजक डम्मर शर्मा र सचिव धर्म भुसाल छन्।

बाँकेमा संयोजकमा सूर्य ढकाल, सहसंयोजकमा किष्मत कक्षपति र सचिवमा प्रमोद धिताललाई तोकिएको छ।

त्यस्तै बर्दियामा लालबहादुर श्रेष्ठ संयोजक, शालिकराम अधिकारी सहसंयोजक र पदम ढकाललाई सचिवको जिम्मेवारी दिइएको छ। 

गुल्मीमा संयोजक मधुकृष्ण पन्त, सहसंयोजक बालसिंह काउचा र सचिवमा धर्मबहादुर विकलाई तोकिएको छ। ओली समूहले प्युठानमा तुल्सीराम शर्मालाई संयोजक तोकेको छ।

अर्घाखाँचीमा चेतनारायण आचार्यलाई संयोजक र तोजबहादुर रायमाझीलाई सचिवको जिम्मेवारी दिइएको छ।

पाल्पामा संयोजकमा नारायणप्रसाद आचार्य, सचिवमा ओमबहादुर घर्ती र नवलपरासी पश्चिममा संयोजकमा दीपेन्द्र अधिकारीलाई चयन गरिएको छ।

प्रकाशित: Jan 30, 2021| 07:49 शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।