सोमबार, चैत २, २०८२

पीएम कप फाइनल : आर्मीले एपीएफलाई दियो २१२ रनको लक्ष्य

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटअन्तर्गत आज (शनिबार) जारी खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  शनिबार, माघ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०७७

काठमाडौं - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटअन्तर्गत आज (शनिबार) जारी खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

National life

टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित पूरा ओभरमा ९ विकेट गुमाएर २११ रन बनाएको हो। 

आर्मीको ओपनिङमा आएका सुशन भारी र अनिल मण्डलले ३२ रनको साझेदारी गरे। आर्मीको टप अर्डर ब्याटिङमा आएका बलर भारीलाई १३ रन बनाएपछि किशोर महतोले सुवास खकुरेलबाट क्याचआउट गराए।

त्यस्तै ११ रन बनाएका अनिल मण्डललाई अभिनाश बोहराले असिफ शेखबाट क्याचआउट गराए।

तेस्रो नम्बरमा मैदान छिरेका हरि चौहानले रोहित पौडेलसँग ४१ रनको साझेदारी गरे भने विनोद भण्डारीसँग १९ रनको साझेदारी गरे। उनले राजेश पुलामीसँग पनि ४३ रनको साझेदारी गरे।

Laxmi sunrise bank
kumari

चौहानले १०२ बलमा ६ चौकाका साथ ५८ रनको अर्धशतकीय पारी खेले।

३० बल खेलेर १३ रन बनाएका ब्याट्सम्यान पौडेलले प्रतियोगिताको पहिलो छक्का प्रहार गरे। लामो सट खेल्ने प्रयासमा उनी पनि अमरसिंह रौटेलाको क्याचबाट बाहिरिए।

त्यसपछि केही सम्हालिएर खेल्न चाहेका आर्मीका विनोद भण्डारीले पनि १६ बलमा सात रन मात्र जोड्न सके।

३४ औं ओभरमा १०७ रन बनाउँदै भण्डारी बाहिरिएपछि कमजोर बनेको आर्मीलाई  चौहान र राजेश पुलामीको साझेदारीले जीवन प्रदान गर्‍यो।

उनीहरूले ४३ रन साझा गर्दा पुलामीले २८ रन बनाए। त्यस्तै लोकेश बम १५ रन बनाउँदै पेवेलियन फर्किए भने शाहब आलमले अविजित २५ रन बनाए।

बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका अभिनाश बोहराले चार विकेट लिए। १० ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै २५ रन मात्र दिए।
दुई विकेट लिएका अर्का खेलाडी किशोर महतोले १० ओभर बलिङ गरेर ५३ रन प्रदान गरे। त्यस्तै भुवन कार्की, कमल एरी र सरद भेषावकरले समान १/१ विकेट गिराए।

समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको एपीएफले प्रिफाइनलमा पुलिस क्लबलाई हराएको थियो।

त्यस्तै समूह ए कै उपविजेता आर्मीले समूह बीको विजेता बागमतीलाई हराउँदै फाइनल प्रवेश गरेको थियो।

आर्मीको प्लेइङ सेट

विनोद भण्डारी (कप्तान), विक्रम शोब, भीम सार्की, राजेश पुलामी, हरि चौहान, रोहितकुमार पौडेल, सुशन भारी, अनिलकुमार मण्डल, आकाश चन्द, शाहब आलम, लोकेश बम।

एपीएफको प्लेइङ सेट

शरद भेषावकर (कप्तान), शंकर राना, सन्दीप जोरा, कलमसिंह ऐरी, सुमीत महर्जन, किशोर महतो, भुवन कार्की, मोहम्मद आरिफ शेख, अमरसिंह रौटेला, सुवास खकुरेल, अभिनाश बोहरा।

प्रकाशित: Jan 30, 2021| 07:21 शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।