शनिबार, असार २७, २०८३

पीएम कपको फाइनलमा आर्मीलाई लय तोड्ने अवसर 

दुई संस्करणअघि विभागीय टिम त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफ प्रधानमन्त्री कपको फाइनलमा पुगेका थिए।
 |  शनिबार, माघ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०७७

काठमाडौं – दुई संस्करणअघि विभागीय टिम त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफ प्रधानमन्त्री कपको फाइनलमा पुगेका थिए। त्यति बेला आर्मीलाई हराउँदै एपीएफले उपाधि कब्जा जमाएको थियो। आर्मीले आज त्यसको बदला लिन खोज्दै छ। 

उसो त, प्रतियोगिताको चौथो संस्करणमा लगातार फाइनल पुगेको आर्मीले उपाधि चुम्ने अवसर भने पाएको छैन। त्यसैले आर्मी जसरी पनि जित्ने रणनीतिमा छ।

एक सिजन मैसम प्रतिकूल भएका कारण खेल रद्द भएर आर्मीले एपीएफसँग उपाधि साझा गरेको थियो भने एक सिजन पुलिससँग पराजित भएको थियो।

तर जारी सिजनको समूह चरणको खेलमा आर्मी एपीएफसँग ६ रनले पराजित भएको छ।

आर्मीका कप्तान विनोद भण्डारी अन्य विभागीय टिमविरुद्धको लय तोड्नेमा विश्वास गर्छन्।

उनी भन्छन्, ‘विभागीय टिमसँगको जुन लय छ। त्यो तोड्न चाहन्छौं। विभागीय टिम भन्दैमा जित्नै नसकिने भन्ने त होइन नि। यहाँ पनि प्रदेशकै खेलाडी छन्। अभ्यास उस्तै गर्ने हो।’

उनी पछिल्ला प्रतियोगितालाई अनुभवका आधारमा लिँदै अब फाइनल जित्नेमा विश्वस्त छन्।

एपीएफसँग त आर्मीलाई हराएको  र सबै खेलमा अपराजिते अनुभव छँदै छ। त्यसैले एपीएफ फेरि एकपटक च्याम्पियन बन्न चाहन्छ।
एपीएफका कप्तान शरद भेषावकर पनि आफू धेरै फाइनल पुगेको अनुभव आजको खेलमा देखाउनेमा विश्वस्त छन्।

उनी घरेलु लिगका सबैभन्दा सफल कप्तान पनि हुन्। तर जारी प्रतियोगितामा उनको प्रदर्शन हेर्न लायक छैन।

उनी भन्छन्, ‘फाइनल खेल आफूलाई उत्कृष्ट साबित गराउने अवसर पनि हो। आशा छ, ब्याटिङको लय तोडिँदै छ। राम्रो प्रदर्शन गर्नेछु।’

उनी एपीएफको टिमवर्क राम्रो भएर नै फाइनलसम्मको यात्रा गरेको बताउँछन्। उपाधि विजेताले १० लाख पुरस्कार पाउनेछ भने उपविजेताले पाँच लाख पाउनेछ।
 

प्रकाशित: Jan 30, 2021| 04:06 शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।