शनिबार, भदौ २०, २०८३

दल चुनावी घरदैलोमा लागिसके : मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले घोषित निर्वाचनको तयारीका लागि सबै दल घरदैलोमा लागिसकेको बताएका छन्।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले घोषित निर्वाचनको तयारीका लागि सबै दल घरदैलोमा लागिसकेको बताएका छन्।

काठमाडौं महानगरपालिका–१४ खड्का गाउँमा निर्माण भएको खानेपानी परियोजनाको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भने, सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँगाउँमा चुनाव प्रचारमा लागिसकेका छन्। मुलुक चुनावमय भइसकेको  छ। यो चुनाव कसैले पनि रोक्न सक्दैन।’

नेकपा नेतृत्वको सरकारले कैयौँ राष्ट्रिय गौरव र अन्य आयोजनाका कामलाई तीव्रतासाथ अघि बढाए पनि सरकारले काम नगरेको आरोप लगाइएको गुनासो गर्दै अबको निर्वाचनले स्थिरता र समृद्धिका लागि जनादेश दिने दाबी गरे।

उनले मुलुकलाई थप विकासको गतिमा लैजाने निर्वाचन अपरिहार्य भएकोले सरकारले आगामी वर्ष वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिसकेको दोहोर्‍याए।

नेकपा उपत्यकाका संयोजक श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र, काठमाडौँ–९ मा सर्वमान्य नेता गणेशमान सिंह र जननेता मदन भण्डारीको नाममा पार्क निर्माण भइसकेको र जापान सरकारको सहयोगमा ५० वटा साकुराको बिरुवा ल्याएर खाइके–साकुरा पार्क निर्माण भइसकेको तथा कीर्तिपुर–नैकाप जोड्ने पुल निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए।

दहचोकमा कालुपाण्डेको समाधीस्थलमा पार्क निर्माण र केही महिनाभित्र भीमढुंगा र रामकोट जोडिने झोलुङगे पुल निर्माण अघि बढ्ने पनि उनले बताए।

प्रकाशित: Jan 29, 2021| 13:52 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।