शनिबार, भदौ २०, २०८३

कलंकी कृषि बजारमा कृषककै स्टल

कृषकको प्रत्यक्ष स्टल रहनेगरी काठमाडौंको कलंककीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं- कृषकको प्रत्यक्ष स्टल रहनेगरी काठमाडौंको कलंककीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ।

स्थानीय कृषक र विदेशबाट फर्किएका युवालाई समावेश गरिएको उक्त बजार शुक्रबार उद्घाटन भएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि बजार उद्घाटन गर्दै किसानले उत्पादन गरेको वस्तुको बजारको सुनिश्चितताका लागि यस्ता कृषि बजारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्। 

बजारको समस्याको अन्त्य गर्न जमिनको चक्लाबन्दी गरी ठूलो परिमाणमा उत्पादन बढाउनुपर्ने मन्त्री अर्यालले बताइन्। ‘एक जनाले मात्रै उत्पादन गर्दा बजार खोज्दै हिँड्नुपर्ने अवस्था हुन्छ। हामीले सामूहिकतामा चक्लाबन्दी मोडेलमा तरकारी, फलफूल उत्पादन गर्‍यौं भने यस्ता बजारहरु तपाईहरुको गाउँमा आँफै खोज्दै आउछ’, उनले भनिन्।

कलंकी कृषि बजारमा हाल ११५ वटा स्टल छन्। कलंकी तरकारी बजारका सञ्चालक बिजय केसीले ११५ स्टलमध्ये ६० प्रतिशत किसानका स्टल रहेको बताए।

‘किसानसँगै वैदेशिक रोजगारबाट फर्केका र पर्यटन क्षेत्रमा काम गर्ने व्यक्तिहरुका स्टल छन्’ उनले भने, ‘किसानको बारीबाट सिधै उपभोक्तालाई बिक्री गर्ने हुँदा अन्य बजारको तुलनामा धेरै सस्तो हुन्छ।’ 

केसीका अनुसार कलंकी बजारमा पालुङ, धादिङ, नुवाकोट, ललितपुरका किसानहरुले स्टल राखेका छन्। यसअघि कालीमाटी, बल्खुलगायतका तरकारी बजारमा प्रत्यक्ष किसानको स्टल नभएर व्यापारीले तरकारी पसल राख्ने गरेका थिए।

प्रकाशित: Jan 29, 2021| 13:09 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।