शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन पूर्वप्रधानमन्त्रीको उद्घोष– प्रधानमन्त्रीलाई घुँडा टेकाएरै छाड्छौं

तीन पूर्वप्रधानमन्त्रीको उद्घोष– प्रधानमन्त्रीलाई घुँडा टेकाएरै छाड्छौं

नेकपा दाहाल–नेपाल समूहका नेता तीन जना पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएरै छाड्ने उद्घोष गरेका छन्।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

विराटनगर– नेकपा दाहाल–नेपाल समूहका नेता तीन जना पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएरै छाड्ने उद्घोष गरेका छन्। ओलीको शासन अब धेरै नटिक्ने उनीहरुको दाबी छ। 

नेकपा प्रदेश १ को आयोजनामा शुक्रबार विराटनगरमा आयोजित विरोधसभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री ओली प्रतिक्रियावादीको एजेन्ट भएको दावी गरे। राजा फाल्ने जनताले श्री ३ ओलीलाई पनि फाल्ने उनको विश्वास छ। 

ओलीको सेटिङलाई जनताले भत्काई छाड्ने अध्यक्ष दाहालले बताए। जरुरत भए संसद् बैठक शुरु गरिने उनको भनाइ छ। सर्वोच्च अदालतप्रति पूर्णविश्वास रहेकाले अहिले नै त्यो काम नगरिएको दाहालले बताए। उनले भने, ‘सर्वोच्चले गर्ने फैसलाको विश्वास भएकाले धैर्य गरेका छौं।’ अहिले नै संसद् बैठक बस्न जरुरी नठानिएको अध्यक्ष दाहालले बताए। 

जनताले ५ वर्षका लागि मत दिएर पठाएकाले प्रधानमन्त्रीले भंग गर्दैमा संसद् विघटन नहुने उनले बताए। उनले भने, ‘संसद् शुरु गरेर ओलीलाई कारवाही गरिन्छ।’ संसद हैन ओली भङ्ग भएको दाहालको भनाइ छ। ओली प्रतिक्रियावादीको गोटी बनेर सामान्तबाद सामु लम्पसार परेको अध्यक्ष दाहालको आरोप छ। 

दाहाल–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनताको त्यागमाथि प्रधानमन्त्री ओलीले घात गरेको बताए। ओलीबाट संविधानको घाँटी रेट्ने काम गरेको नेपालले बताए। ओलीको ओरालो यात्रा शुरु भएका उनले बताए। 

उनले भने, ‘संविधान, गणतन्त्र, संघीयता सिध्याउन खोज्न ओलीलाई घुडा टेकाएरै छाड्छौं।’ पार्टी भन्दा माथि आफूलाई ठान्ने व्यक्ति कम्युनिष्ट हुन नसक्ने अध्यक्ष नेपालको भनाइ छ। ओलीको पार्टी नेकपा हुनै नसक्ने उनले दावी गरे। नेता नेपालले भने, ‘ओलीको पार्टी भनेको तमासा पार्टी हो।’ डमरु बजाउँदै केन्द्रीय सदस्य बाँडेका ओलीको अहिले अनुहार खुईलिदै गएको नेता नेपालले बताए। प्रधानमन्त्री ओलीले चुनाव नगराउने उनले बताए। 

वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओली भष्मासुर, प्रतिगामी भएको संज्ञा दिए। उनले ओली ठग भएको आरोप लगाए। खनालले भने, ‘झापा संघर्षका नेता मानिन्थे, तर ठग रहेछन्।’ ओलीका दिन अव धेरै नभएको उनले बताए। जनताको आशा र अपेक्षामाथि कुठाराघात गर्ने ओलीलाई अव ठिक लगाइने खनालले बताए। उनले ओलीलाई सडकमा आएर हेर्न आग्रह पनि गरे। खनालले भने, ‘टिभीबाट भुक्न छाडेर सडकमा आएर हेर्नुस्।’ 

प्रदेश १ इन्चार्ज भीम आचार्य, स्थायी कमिटी सदस्य योगेश भट्टराई लगायतका नेताहरुले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए। प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय विरुद्ध सवै एक जुट हुन नेताहरुको आग्रह छ । 
 

प्रकाशित: Jan 29, 2021| 12:03 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।