शनिबार, असार २७, २०८३

नेपाल ओपनको हाइ स्पिड किकमा भुपेन प्रथम

नेपालका भुपेन श्रेष्ठ प्रथम नेपाल ओपन भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दोको हाइ स्पिड किकको पुरुष सिनियरतर्फ पहिलो भएका छन्।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– नेपालका भुपेन श्रेष्ठ प्रथम नेपाल ओपन भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दोको हाइ स्पिड किकको पुरुष सिनियरतर्फ पहिलो भएका छन्।

विभिन्न ६ समूहले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेनले ७.५० अंक जोड्दै प्रतियोगितामा पहिलो भएका हुन्।

नेपालका सक्षम कार्की दोश्रो भए। सक्षम पनि १३ औं सागका स्वर्णधारी हुन्। उक्त स्पर्धाको महिलातर्फ १३ औं सागकी स्वर्ण विजेता नेपालकी काजोल श्रेष्ठ ७.१० अंकसाथ पहिलो भइन्।

नेपालकै रेश्मा थापा दोश्रो भइन्। पारातर्फ पुरुष यु–३० मा नेपालका विक्रम श्रेष्ठ, १८–२३ वर्षमा सुवासचन्द्र राई, यु–१८ मा बुरुन्डीका हाकीजीमाना लेभिनले उपाधि जिते।

त्यस्तै श्रवण शक्ति नभएकातर्फ यु–१८ मा थाइल्यान्डका कित्तिवात नाम्चेङ र १८–२३ वर्षमा थाइल्यान्डका नार्टले शीर्ष स्थान हात पारे।

पुरुषमा इरानका हेसाइम अल्होइ र महिलामा मेक्सिकोकी मातियो उत्कृष्ट खेलाडी घोषित भए। दुवैले जनही १ सय अमेरिकी डलर नगद पुरस्कार जिते।

त्यस्तै, ‘मोस्ट पपुलर प्लेयर’ को नाम भने फेब्रुअरी १ तारिखमा सार्वजनिक गरिने आयोजकले बताएको छ। ‘मोस्ट पपुलर प्लेयर’ले १ सय ५० अमेरिकी डलर पाउने छ।

प्रतियोगितामा ३१ राष्ट्रका १ हजार ३ सय १५ खेलाडीले सहभागिता जनाएका थिए।

प्रकाशित: Jan 29, 2021| 11:58 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।