शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिमाथि सरकारमै रहेकाहरूबाट खतरा’

‘सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिमाथि सरकारमै रहेकाहरूबाट खतरा’

गंगालाल श्रेष्ठले सहिद हुनुअघि जेलभित्रै गणेशमान सिंहलाई ‘डोन्ट फर्गेट माई ब्लड’ भनेको वाक्य अहिले थप ताजा भएर आएको सिंह पुत्र प्रकाशमानले बताएका छन्। 
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं - गंगालाल श्रेष्ठले सहिद हुनुअघि जेलभित्रै गणेशमान सिंहलाई ‘डोन्ट फर्गेट माई ब्लड’ भनेको वाक्य अहिले थप ताजा भएर आएको सिंह पुत्र प्रकाशमानले बताएका छन्। 

सहिद दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै कांग्रेस नेता प्रकाशमान सिंहले सहिदहरूको बलिदानकै कारण आज निर्वाध नागरिक अधिकारको प्रयोग गर्न पाएको बताएका छन्।

‘स्वतन्त्रताको लामो श्वास फेर्न पाइरहेका छौं। देश नै बन्द कठघराजस्तो रहेका बेला प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताका लागि लड्दालड्दै सहिद हुनुभएका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्द सधैँ नेपालीको मनमुटुमा रहिरहनु हुनेछ,’ विज्ञप्तिमार्फत् उनले भनेका छन्। 

सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिमाथि अहिले सरकारमै रहेकाहरूबाट खतरा देखिएको उनको भनाइ छ। 

‘सहिदको बलिदानबाट प्राप्त उपलब्धिमाथि धावा बोल्ने केपी ओली प्रवृत्तिविरूद्ध अहिले एक भएर लड्नुपर्ने अवस्था छ,’ उनले भनेका छन्, ‘अझै पनि सहिदहरूले देख्नुभएको सपना साकार हुन बाँकी छ। सहिदले देखेका सपना सार्थक बनाउने सामर्थ्य हामीलाई प्राप्त हुन सकोस्। नागरिकका अधिकार पूर्ण स्थापित गर्न, जनताको जीवनस्तर उठाउन र देशलाई समृद्ध बनाउनुपर्ने काममा इमान्दार भएर लाग्न पनि यो दिनले हामी सबैलाई उत्प्रेरित गर्न सकोस्।’

प्रकाशित: Jan 29, 2021| 04:17 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।