शनिबार, भदौ २०, २०८३

निर्वाचन आयोग नेकपाका दुवै पक्षसँग छलफल गर्दै

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी बैशाखमा दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेका छन्। 
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी बैशाखमा दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेका छन्। 

निर्वाचन आयोगले निर्वाचनको तयारी स्वरुप विभिन्न कार्यक्रम गरिरहेको छ। निर्वाचनका लागि दल दर्ता आह्वान गर्ने अन्तिम तयारीमा रहेको आयोगले यसबीचमा सत्तारुढ नेकपाको दुवै पक्षसित छलफल गर्दैछ।

शुक्रबार (आज) निर्वाचन आयोगले नेकपाको दुवै पक्षलाई छलफलका लागि बिहान साढे ११ बजे बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई पत्र पठाएर शुक्रबार बिहान साढे ११ बजे दुबै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५–५ जनालाई बोलाइएको हो। 

निर्वाचनको छलफलका लागि बोलाइए पनि त्यहाँ नेकपाको विवादका विषयमा पनि छलफल हुने बताइएको छ। दुवै पक्षका सहभागी हुने भएपछि विवादका विषयमा पनि छलफल केन्द्रीत हुनसक्ने बताइएको छ। 

आयोगले माघ ११ गने मात्रै नेकपा विभाजन हुन नसक्ने भन्दै निर्णय गरेको थियो। दुवै पक्षले पुस ५ पछिका निर्णयहरु बुझाउँदै आधिकारिकता दावी गरे पनि आयोगले भने नेकपाको पुरानै संरचनालाई मान्यता दिदैं विभाजन हुन नसक्ने अवस्था रहेको भन्दै निर्णय दिएको थियो। 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। 

प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल नेपाल समूह सडक आन्दोलनमा छ भने प्रधानमन्त्री केपी शर्मा ओली बैशाखमा नै निर्वाचन हुने भन्दै निर्वाचन तयारी छ ।  

प्रकाशित: Jan 29, 2021| 02:37 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।