शनिबार, भदौ २०, २०८३

दोस्रो दिन २८ हजार बढीले खोप लगाए

कोभिड–१९ विरुद्धको खोप दोस्रो दिन आज २८ हजार ७३२ जनाले लगाएका छन्।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं- कोभिड–१९ विरुद्धको खोप दोस्रो दिन आज २८ हजार ७३२ जनाले लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ७७ जिल्लामा बेलुका ५ बजेसम्म २८ हजार ७३२ जनाले खोप लगाएका हुन्। उनका अनुसार प्रदेश नं १ मा तीन हजार ८४७, प्रदेश नं २ मा दुई हजार १७४, वाग्मती प्रदेशमा ११ हजार ४६१, गण्डकी प्रदेशमा चार हजार ८५३, लुम्बिनी प्रदेशमा दुई हजार ३०३, कर्णाली प्रदेशमा एक हजार ६७७ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ४१७ जना रहेका छन्। 

उनले आजसम्म खोप लगाएका व्यक्तिमा कुनै समस्या नदेखिएको जानकारी दिए। मन्त्रालयले पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई मात्र खोप लगाउन निर्णय गरेअनुसार व्यवस्थापन गर्न खोप समन्वय, अनुगमन तथा व्यवस्थापन केन्द्रलाई निर्देशनसमेत दिएको छ। 

पहिलो चरणमा स्वास्थ्यकर्मी, फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शवबाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेश बिन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउने छन्। 

खोपको मात्रा ०.५ मिलिलिटर (मिली) प्रदान गरिनेछ। त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइनेछ। खोप देब्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइनेछ। 

भारत सरकारको सहयोगमा ल्याइएको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप बुधबारदेखि देशभरी नै दिइन थालिएको छ।

खोप सातवटै प्रदेशका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल, १२० भन्दाबढी खोप केन्द्र र ७७ जिल्लाका ३०० वटा खोपकेन्द्रमार्फत खोप प्रदान गरिँदैछ। 

प्रकाशित: Jan 28, 2021| 14:32 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।