शनिबार, भदौ २०, २०८३

इन्टरनेट सेवालाई प्रभावकारी बनाउन मन्त्रीको जोड

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले इन्टरनेट सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले इन्टरनेट सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
सिंहदरबारमा आज इन्टरनेट सेवा प्रदायकहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले मुलुकको कुनै पनि भूगोलमा

ईन्टरनेट सेवा सहज पहुँच गराउनेतर्फ ध्यान दिन आग्रह गरे।
उनले इन्टरनेटको सेवाप्रति गुनासो आइरहेको स्मरण गर्दै गाउँगाउँमा ईन्टरनेटको पहुँचलाई प्रभावकारी र सर्वसुलभ बनाउनेतर्फ ध्यान दिन आग्रह गरे। यसका लागि आवश्यक सहयोग गर्न सकार तयार रहेको उनले प्रतिबद्धता जनाए।

मन्त्री गुरुङले डिजिटल फ्रेमवर्क र नागरिक एपको प्रभावकारिताका लागि सबैको पहल जरुरी रहेको बताए।

उनले एक अर्कामा आरोप प्रत्यारोपमा नभई सकारात्मक ढङ्गबाट समिक्षा गर्दै अघि बढ्नका लागि पनि यो समन्वय बैठक डाकिएको बताए। मन्त्रालयकोतर्फबाट गर्नुपर्ने कामको बारेमा आवश्यक सुझाव दिन पनि मन्त्री गुरुङले आग्रह गरे। उनले सबै ईन्टरनेट सेवा प्रदायक कम्पनीको अभिलेखिकरण गर्नु आवश्यक भएको औँल्याए।

उनले अगामी दिनमा ईन्टरनेट सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

‘ग्रामिण क्षेत्रमा ईन्टरनेटबाटै कसरी शिक्षा लिन सक्छन् भन्नेमा ध्यान दिनुपर्छ, हिमाली र पहाडी क्षेत्रमा बालबालिका शिक्षाबाट बञ्चित भएका छन्, समयमै इन्टरनेट पुर्याउन सके प्रभावकारी हुनेछ, त्यसतर्फ सबैको ध्यान पुगास्’, मन्त्री गुरुङले भने। उनले सेवा प्रभावकारी बनाउन सबै स्थानीय तह, प्रदेश र जिल्ला छुट्याएर क्लष्टर बनाई कार्यविभाजन गरी अघि बढ्ने बताए। 

सो क्रममा ईन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले समन्वयमा मात्रै समस्या समाधान गर्न सकिने बताउँदै यसका लागि सरकारले दिने सेवा सुविधा बढाउँदै करमा छुट गर्नुपर्नेमा जोड दिएका थिए। रासस

प्रकाशित: Jan 28, 2021| 14:28 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।