शनिबार, भदौ २०, २०८३

जनताको भविष्य सुनिश्चित नभएसम्म आन्दोलन : नेता खनाल

नेकपा दाहाल-नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनताको भविष्य सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

विराटनगर- नेकपा दाहाल-नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनताको भविष्य सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

नेपाली जनताको संघर्षले ल्याएको उपलव्धीलाई समाप्त पार्ने काम भएकाले सडक संघर्षमा आउनुपरेको उनले बताए। 

बिहीबार साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले नेपाली जनताको संघर्षले ल्याएको उपलब्धी समाप्त गर्न भष्मासुरहरु निस्किएको बताए। उनले भने, ‘कहिले महेन्द्र, कहिले ज्ञानेन्द्र र अहिले ओली भष्मासुर भएर निस्के।’ उपलब्धी जोगाउन नेपाली जनता सडकमा आएको नेता खनालले बताए। खनालले भने,‘ नेपाली जनताले निर्माण गरेको संविधानमा केपी ओलीले विध्वंस गरे।’ 

संसद पुनर्स्थापना अनिवार्य भएको उनको भनाइ छ। संविधान बमोजिम संसद पुनर्स्थापना हुने खनालको जिकिर छ। 
नेता खनालले संविधानले मध्यावधि निर्वाचनको परिकल्पना नगरेको बताए। उनले भने, ‘नेपालमा मध्यावधि निर्वाचन हुँदैन, आवधिक मात्र हुन्छ।’ 

नेकपालाई सुधृढ गर्दै समाजबादमा जाने उनले बताए। खनालले भने, ‘नेपालमा जनवादी क्रान्ति सकियो।’ 

समाजवाद स्थापना गरेपछि पनि स्वतन्त्रता र सार्वभौमसत्ताका लागि लडिरहनु पर्ने उनको भनाइ छ। दुई तिहाई बहुमत रहेकाले निर्वाचन आयोगले आफूहरुको समूहलाई आधिकारिता दिने खनालको दाबी छ। आयोगले आफ्नो काम गर्दै जान्छ, अहिलेको काम नै अन्तिम हैन उनले भने। 

प्रदेशमा मुख्यमन्त्रीविरुद्धको अविश्वास पारितका लागि लोकतन्त्र पक्षधरहरु एक हुने खनालले बताए। 

प्रकाशित: Jan 28, 2021| 13:42 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।