शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बुटवलबाट दाहाल-नेपालको उद्घोष : ओलीलाई हटाइन्छ, निरंकुशता ध्वस्त हुन्छ

बुटवलबाट दाहाल-नेपालको उद्घोष : ओलीलाई हटाइन्छ, निरंकुशता ध्वस्त हुन्छ

कपाको दाहाल-नेपाल समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ राजा हुन खोजेको आरोप लगाएका छन्।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

बुटवल- नेकपाको दाहाल-नेपाल समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ राजा हुन खोजेको आरोप लगाएका छन्।

नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र गणतन्त्रको हत्या गरेर प्रतिनिधिसभा विघटन गरिएको भन्दै नेताहरुले प्रधानमन्त्री ओलीको निरंकुशता र स्वेच्छाचारिता केही महिनामै अन्त्य गर्ने उद्घोष गरे। 

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा दाहाल–नेपाल समूहले बिहीबार बुटवलमा गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्षद्वय माधव कुमार नेपाल र पुुष्पकमल दाहालसहितका केन्द्रीय नेताहरुले जनताले नै प्रतिगमनलाई घुँडा टेकाउने जिकिर गरे। 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको निरकुंश प्रवृत्तिलाई हुत्याउने क्रम शुरु भएको बताए। ‘जसले इतिहासको विकासलाई बुुझ्दैन, विकासको बाधक हुन्छ त्यसलाई इतिहासले हुत्याउछ’ नेपालले भने। उनले प्रधानमन्त्री ओलीले ‘म नै राजा’, ‘म मात्रै’ भन्ने निरकुंश तानाशाही सोच राखेको बताए। 

‘६२/६३ सालको जनआन्दोलनका बेला बयलगाडा चढेर अमेरिका पुगिँदैन, राजा ज्ञानेन्द्रलाई फाल्न सकिँदैन भनेर ओलीजीले गरेको भविष्यवाणी हामीले फेल गरायौँ, अब असंवैधानिक रुपमा संसद विघटन गरेर चुनाव गराउने भविष्यवाणी असफल गराउछौँ’ अध्यक्ष नेपालले भने। 

ओली परिवर्तनका लागि समयको अघिभन्दा पनि पछि लाग्ने नेता भएको उनको आरोप छ। ‘जसले कुनै पनि आन्दोलनको नेतृत्व गरेको छैन, पछाडि बसेर अर्काको कुरा काट्ने, बदख्वाई मात्रै ग¥यो, हामीले हात समातेर अघि बढाउन खोज्यौँ, तर उहाँ थचक्क बस्नुुभयो’ अध्यक्ष नेपालले भने, ‘काम थोरै गर्ने खाली बकबक मात्रै गरेर हुन्छ ?’ पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले अधिकांश समय प्रधानमन्त्री ओलीको विरुद्धमा समय खर्चिए। उनले निर्वाचन आयोगले समेत बहुमत भएको आफूहरुकै पार्टीलाई मान्यता दिएको दाबी गरे। उनले मूल पार्टी आफूहरुकै भएकाले अन्त हराएकाहरुलाई समेत फर्कन आग्रह गरे। 

जालझेलले पार्टी अध्यक्ष जिते 

अध्यक्ष नेपालले आफूलाई पद लोलुपताको आरोप लगाउने गरिएको सन्दर्भमा तत्कालीन नेकपा एमालेको नवौं अधिवेशनमा प्रधानमन्त्री ओलीले जालझेल गरेर चुनाव जितेको बताए। ‘थोरै मतले मात्रै अध्यक्षमा ओलीले जिते, साँच्चै भन्ने हो भने जालझेल गरेर ओलीले चुनाव जितेका हुन, मैलै त मानिदिएको हुँ’ नेपालले भने। 

श्री ३ हुन खोजे केपी : दाहाल

नेकपा दाहाल–नेपाल समूहका अर्का अध्यक्ष पुुष्पकमल दाहालले केही महिनाभित्रै केपी ओलीको स्वेच्छाचारिता अन्त्य गर्ने जिकिर गरे। जनसभामा सहभागीहरुको संख्याले उत्साहित भएका अध्यक्ष दाहालले भने, ‘संविधानको अतिक्रमण गरेर, लोकतन्त्र हत्या गर्ने र आफू श्री ३ महाराजधिराज बन्ने जो सपना देखेका छन्, अढाई सय वर्षको राजतन्त्र त जनताको बलमा लात्तीले हानेर जंगल पठायौं, अब केपी ओलीको निरकुंशता चुट्कीको भरमा ध्वस्त हुन्छ।’ 

उनले केही महिनाभित्रमा प्रधानमन्त्री ओलीको स्वेच्छाचारिता अन्त्य गर्ने बताए। केपी ओलीले जनताको सपनामाथि कुठाराघात गरेको बताए। उनले संविधान र लोकतन्त्रको हत्या भएकाले त्यसको रक्षाका लागि अपीलसमेत गरे। उनले पार्टी एकतापछि मूलूकमा विकास समृद्धि आउने अपेक्षा गरेको भए पनि प्रधानमन्त्री ओलीकै कारण सबै सपनामाथि कुठाराघात भएको बताए।

 ‘आज आँफैले बनाएको प्रधानमन्त्री सामन्ती निरकुंशताको एजेन्ट जस्तो देखिए’ दाहालले भने।

‘मैलै चुनावमा गरेका प्रतिबद्धता, नेपालको पछौटेपन र अस्थिरता अन्त्य होस् भन्ने चाहेँ र सहमति गरेँ, तर ५ वर्ष नपुु्ग्दै ३ वर्षमै असंवैधानिक रुपमा संसद विघटन भयो’ उनले भने–‘अब श्री ३ महाराज हुन चाहनेलाई लुम्बिनीले धारासायी बनाउनेछ।’ उनले गौतमबुद्ध जन्मस्थल लुम्बिनी ऐतिहासिक र गणतन्त्र आन्दोलनको शंखघोष गर्ने नगरी भएकाले निरंकुशता पनि ढल्ने बताए। उनले अर्को सरकार गठन भएपछि मूलूकलाई नयाँ युगमा लैजाने आश्वासन समेत दिए।

ओलीले राजाको प्रेतको बाटो रोजे : भुसाल 

विरोधसभालाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले इतिहासको राणा र राजाको प्रेतका रुपमा प्रधानमन्त्री ओली खडा भएको बताए। ओलीको बाटो संविधानको हत्या, अशान्ति, बर्बादी र मूलूकको सत्यानाशतर्फको भएको भुसालले आरोप लगाए। 

विरोधसामा नेकपाका नेताहरु युवराज ज्ञवाली, वर्षमान पुन, चन्द्रप्रकाश खनाल, ओनसरी घर्तीले बोल्दै प्रतिनिधिसभा विघटनले लोकतन्त्र, संविधान र प्राप्त उपलब्धि गुम्ने भएकाले नागरिक सडकमा आउनुपर्ने बताए। नेकपा दाहाल–नेपाल समूहले बुुटवलमा ठूलो संख्यामा नागरिक सडकमा उतारेर प्रदर्शन गरेको थियो। सभाअघि बुटवलका तीन ठाउँबाट नाराजुलुससहित प्रर्दशन गरिएको थियो

प्रकाशित: Jan 28, 2021| 12:55 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।