काठमाडौं– गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन्।
गृह मन्त्रालयमा भएको भेट नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित थियो।
भेटमा गृहमन्त्री थापाले अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएकोमा राजदूत बेरीमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै बाइडेनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेका थिए।
नेपालमा हिजोबाट कोरोना विरुद्धको खोप अभियान सुरु भएको जानकारी दिँदै उनले अमेरिकाबाट समेत नेपालले खोप सहयोग पाउने अपेक्षा राखेको बताए।
भेटमा राजदूत बेरीले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै अमेरिकाका राष्ट्रपति बाइडेनको कार्यकालमा यो सम्बन्धले थप मजबुत हुने विश्वास व्यक्त गरेका थिए। अमेरिकाले उत्पादन गरेको कोरोना भ्याक्सिन वितरणमा नेपाललाई प्राथमिकतामा राख्ने राजदूत बेरीको भनाइ थियो।