शनिबार, भदौ २०, २०८३

क्यानडा पठाइदिने नाममा ३३ जनासँग १ करोड ठगी 

क्यानडा पठाइदिन्छु भन्दै ३३ जना युवाबाट १ करोड रुपैयाँभन्दा बढी उठाएर ठगी गरेको आरोपमा ३८ वर्षे धीरजकुमार विश्वकर्मा पक्राउ परेका छन्। उनलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरे पनि बिहीबार सार्वजनिक गरेको छ। 
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

पोखरा– क्यानडा पठाइदिन्छु भन्दै ३३ जना युवाबाट १ करोड रुपैयाँभन्दा बढी उठाएर ठगी गरेको आरोपमा ३८ वर्षे धीरजकुमार विश्वकर्मा पक्राउ परेका छन्। उनलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरे पनि बिहीबार सार्वजनिक गरेको छ। 

आफू लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिका लगायत देशहरुमा धेरै मानिस रोजगारका लागि पठाइसकेको बताउँदै उनले ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।  

कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायतका जिल्लाका ३३ जनालाई क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने नियतले निजहरुबाट रकम समेत उठाएको भन्ने जाहेरीको आधारमा विश्वकर्मा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवाश हमालले जानकारी दिए। 

पर्वतको मोदी गाउँपालिका–७ घर भएका उनी पोखरा महानगरपालिका ३०, शिसुवा बस्दै आएका थिए। पैसा लिएका युवाहरुलाई विश्वस्त पार्न धीरजले विभिन्न सहकारी संस्था र विकास बैंकहरुको चेक समेत दिएको पाइएको छ।

उनलाई ठगी सम्बन्धी कसूर अन्तर्गतको मुद्दामा पक्राउ परी जिल्ला अदालत कास्कीबाट म्याद थपेर गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित: Jan 28, 2021| 12:06 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।