विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयको संविधानसभा सदस्यहरूले विरोध गरेका छन्।
मोरङबाट २०६४ र ०७० को संविधानसभामा प्रतिनिधित्व गर्ने ९ जना सदस्यहरूको बिहीबार विराटनगरमा बसेको बैठकले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका हुन्।
उक्त कदमको विरोध गर्ने संविधानसभा सदस्यहरूमा डिगबहादुर लिम्बू, शिवकुमार मण्डल, यशोदा अधिकारी, जयराम यादव, जोगीलाल यादव, गोपी अछामी, आशादेवी सरदार, सावित्रीकुमार काफ्ले र शान्तिदेवी राजवंशी छन्।
संविधानसभा सदस्यको बैठकले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरूद्ध नियमित संवाद र छलफल गर्न जयराम यादवलाई संयोजनको जिम्मेवारी दिएको छ।