शनिबार, भदौ २०, २०८३

पछिल्लो २४ घण्टामा कोरोनाले लिएन कसैको ज्यान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको मृत्यु नभएको जनाएको छ। 
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको मृत्यु नभएको जनाएको छ। 

नेपालमा पहिलोपटक जेठ ३ गते सिन्धुपाल्चोककी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। 

साउन २० देखि दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु हुँदै आएको मन्त्रालयको विवरणमा उल्लेख छ। झन्डै ६ महिनापछि बिहीबार मन्त्रालयको विवरणमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य देखाइएको छ। साउन २० गतेसम्म ५८ जनाकाे मृत्यु भएकाे थियाे। त्यसयता एक हजार ९६२ जनाकाे मृत्यु भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण नेपालमा दुई हजार २० जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा देशभर थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा देशभरबाट थप २९६ जना संक्रमणमुक्त भएका छन्। 

नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७० हजार ५८८ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या तीन हजार २०३ रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

प्रकाशित: Jan 28, 2021| 11:29 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।