शनिबार, भदौ २०, २०८३

देशैभर मतदाता नामावली अद्यावधिक कार्यक्रम 

निर्वाचन आयोगले बिहीबारदेखि २१ गतेसम्म देशभरका सबै स्थानीय तहका केन्द्रमा मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम सञ्चालन सुरु गरेको छ। 
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं- निर्वाचन आयोगले बिहीबारदेखि २१ गतेसम्म देशभरका सबै स्थानीय तहका केन्द्रमा मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम सञ्चालन सुरु गरेको छ। 

कार्यक्रमअनुसार पहिलो दिन नगरपालिका र गाउँपालिकाको केन्द्रमा मतदाता नामावली प्रकाशन गरिएको छ।

१६ गतेदेखि १८ गतेसम्म मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका र नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन सूचना दिइने निर्वाचन आयोगले जनाएको छ।

कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावशे गरेको भए त्यसको विरोधमा माघ १६ र १७ गते उजुरी दिन सकिने आयोगको सूचनामा उल्लेख छ।

आयोगले निर्धारित मितिमा सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा रहेको आफ्नो नाम वा विवरणमा त्रुटि भए सच्याउन, दोहोरो नाम भए हटाउन, मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम हटाउन सूचना दिन र कसैले झुटा विवरण दिएको भए सोको विरोधमा उजुरी दिन सबैलाई आग्रह गरेको छ।


 

प्रकाशित: Jan 28, 2021| 10:10 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।