शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खादा लगाउने र फूल दिने काम बन्द गर्न कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

खादा लगाउने र फूल दिने काम बन्द गर्न कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यकर्तालाई खादा लगाउने र फूल दिने काम बन्द गर्न आग्रह गरेका छन्।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यकर्तालाई खादा लगाउने र फूल दिने काम बन्द गर्न आग्रह गरेका छन्।

उनले कोरोना महामारीको जोखिम कम नभएको भन्दै खादा लगाउने र फूल दिने काम नगर्न आग्रह गरेका हुन्।  

कोरोनाको जोखिमकै बीचमा पार्टीका कार्यक्रम गर्नुपरेको भन्दै उनले जोखिम कम गर्न खादा र फूल लगाउने काम बन्द गर्नुपर्ने जनाएका छन्। 

‘हामी अझै पनि कोभिडको उच्च जोखिममा छौं। जोखिमकै बीचमा पार्टीका गतिविधि तथा कार्यक्रमहरु गर्नुपर्ने अवस्था छ। कार्यक्रममा सबैले अनिवार्य रुपमा मास्क लगाउन तथा स्वागत स्वरुप माला एवं खादा लगाइदिने र फूल दिने काम बन्द गर्न पार्टीका सबै तहका साथीहरूमा आग्रह गर्दछु,’ उनले ट्विट गरेका छन्।
 

प्रकाशित: Jan 28, 2021| 10:05 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।