शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल-नेपालले पार्टी चलाउन सक्दैनन्, नागरिक समाज बनाएर राख्दिनुपर्छ : ओली

दाहाल-नेपालले पार्टी चलाउन सक्दैनन्, नागरिक समाज बनाएर राख्दिनुपर्छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधव कुमार नेपालले पार्टी चलाउन नसक्ने ठोकुवा गरेका छन्।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधव कुमार नेपालले पार्टी चलाउन नसक्ने ठोकुवा गरेका छन्।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को राष्ट्रिय कार्यकर्ता भेलामा ओलीले केही दिनअघिको नागरिक आन्दोलनमा दाहाल-नेपाल पक्षीय एक नेता देखिएको भन्दै अब दाहाल र नेपाल पनि त्यही ठाउँमा जाने बताए।

उनले भने, ‘दाहाल र नेपाल पनि अबको तीनमहिनाभित्र त्यहीँ जाने हुन्, उनीहरुले पार्टीसाटी चलाउन सक्दैनन्, नागरिक समाजको सम्मानित नेता बनाएर राख्नुपर्छ।’

ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा दाहाल, नेपाल, झलनाथ खनाल र बामदेव गौतमले नै अविश्वासको प्रस्ताव तयार गरी प्रधानमन्त्रीबाट हटाएको आरोप लगाए।

उनले ती नेताहरुले आफ्नो नेतृत्वको सरकारको कहिल्यै प्रशंसा नगरेको गुनासो गरे।

ओलीले आफू बुढो नभएको बताए। उनले भने, ‘मेरो बुवा भर्खर बुढोबुढो हुनु भएको छ, अझै २-४ किलोमिटर हिड्नु हुन्छ। म केको बुढो ?’

उनले २–४ वटा अपरेशन गर्दैमा आफू बिरामी भएको मान्न नहुने बताए।

प्रकाशित: Jan 28, 2021| 10:00 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।