शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डको चटकबाट नअलमलिएको कुनै संगठन छ भने त्यो जिफन्ट हो : ओली

प्रचण्डको चटकबाट नअलमलिएको कुनै संगठन छ भने त्यो जिफन्ट हो : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको प्रभावबाट नअलमलिएको एउटामात्रै संगठन जिफन्ट (नेपाल ट्रेड युनियन महासंघ) मात्र रहेको बताएका छन्।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको प्रभावबाट नअलमलिएको एउटामात्रै संगठन जिफन्ट (नेपाल ट्रेड युनियन महासंघ) मात्र रहेको बताएका छन्।

जिफन्टको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अरु थुप्रै संगठनहरु अलमलिइसकेको भन्दै जिफन्टमात्रै नअलमलिएको बताए।

उनले भने, ‘प्रचण्डको चटकबाट नअलमलिएको कुनै संगठन छ भने त्यो जिफन्ट हो

अरु अलमलिए झुकिए अनेक कुरा भए, तर जिफन्ट कुनै चटकीका छलछामपूर्ण कुराबाट नअलमलिँदो रहेछ।’
उनले मजदुर आन्दोलनलाई केही तत्वहरुले विभाजित गरेको जिकिर गरे।

उनले भने, ‘हामीले अलमलिएका साथीहरुलाई भ्रमबाट मुक्त गरेर सहीबाट हामीले देखाएर ती साथीहरुलाई पनि यो आन्दोलनमा समाहित गर्नुपर्दछ। पहिले पनि केही तत्वहरुले केही मजदुर साथीहरुले अलमल्याएका छन्।’

ओलीले आफूलाई कम्युनिष्ट भन्न रुचाउनेहरु, श्रमिक, मजदुरको नाम लिएर नथाक्नेहरु देशको कहिल्यै उच्चारण नगर्ने, विदेशीको दलाली गर्नेहरु अहिले आफ्नो समूहबाट चोइटिएर गएको बताए।

उनले पार्टीलाई कमजोर पार्ने काम पार्टीभित्रैकाबाट भएको गुनासो गरे। तर उनीहरु अहिले छुटेर गएको भन्दै अब ढुक्क भएको बताए।

उनले भने, ‘हामीले त अझै हटाएका छैनौँ, तर उनीहरु आफै गएँ भन्छन्।’

उनीहरु छुटेकै भएर अदालतमा मुद्दा मामिला भएको बताए। ‘कानुन पढेका साथीहरुले काम पनि राम्रै पाउनु भएको छ।’ 

प्रकाशित: Jan 28, 2021| 09:45 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।