शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सातै प्रदेशमा तालिम केन्द्र सञ्चालन गर्दै श्रम मन्त्रालय

सातै प्रदेशमा तालिम केन्द्र सञ्चालन गर्दै श्रम मन्त्रालय

श्रममन्त्री गौरीशंकर चौधरीले  नेपालमै रोजगारीको क्षेत्र बढाउन सौत प्रदेशमा सीपमूलक तालिम केन्द्र सञ्चालन गर्न लागिएको जानकारी दिएका छन्।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं– श्रममन्त्री गौरीशंकर चौधरीले  नेपालमै रोजगारीको क्षेत्र बढाउन सौत प्रदेशमा सीपमूलक तालिम केन्द्र सञ्चालन गर्न लागिएको जानकारी दिएका छन्।

नेपाल ट्रेड युनियन महासंघ राष्ट्रिय कार्यकर्ता भेलामा बिहीबार सम्बोधन गर्नै उनले मन्त्रालयले आफ्नै स्वामित्वमा सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने तयारी गरिरहेको बताएका हुन्। 

उनले भने, ‘त्यसपछि धेरैलाई रोजगारीमा लगाउन सकिनेछ। हामीले त्यसका लागि जमिन खोज्ने काम गरिरहेका छौं।’

उनले श्रमिकहरूको समस्या समाधानका लागि अध्ययन भइरहेको बताए।

उनले भने, ‘७७ वटै जिल्लामा श्रमिकका लागि सहज हुने हिसाबले श्रम कार्यालय स्थापना गर्न सकिन्छ कि भनेर अध्धयन गर्दै छौं।’
उनले वैदेशिक रोजगारीलाई पनि प्रभावकारी बनाउने विषयमा पनि मन्त्रालयले अध्ययन गरिरहेको बताए।

मन्त्री चाैधरीले भने, ‘श्रमिकको सुरक्षालाई हामीले ध्यानमा राखेर विभिन्न देशसित छलफल गर्दैछौं।’
 

प्रकाशित: Jan 28, 2021| 09:21 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।