शनिबार, भदौ २०, २०८३

बुटवलमा नेकपा दाहाल–नेपाल समूहको विरोधसभा 

संसद् विघटनविरुद्ध नेकपा दाहाल–नेपाल समूहले बुटवलमा  प्रदर्शनसहित विरोधसभा आयोजना गरेको छ।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

बुटवल– संसद् विघटनविरुद्ध नेकपा दाहाल–नेपाल समूहले बुटवलमा  प्रदर्शनसहित विरोधसभा आयोजना गरेको छ।

बुटवल राजमार्ग चौराहा, गोलपार्क र जितगढी किल्लाबाट नाराबाजी गर्दै सुरू भएको प्रदर्शन पुष्पलाल पार्कमा सभामा परिणत भएको छ।

विरोध सभालाई सम्बोधन गर्न नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष पुष्पकमल दाहाल यहाँ आइपुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका विरुद्ध दाहाल–नेपाल समूहले बुटवलमा प्रदेशस्तरीय विरोधसभा गरेको हो। कार्यक्रममा घनश्याम भुसाल, चन्द्रप्रकाश खनाल, वर्षमान पुन, युवराज ज्ञवाली लगायत नेताहरुको सहभागिता छ।

प्रकाशित: Jan 28, 2021| 08:33 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।