शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘चियाको कप पनि सेलाउन नपाउँदै संसद् विघटनको सिफारिस सदर गर्न मिल्छ श्रीमान्?’

‘चियाको कप पनि सेलाउन नपाउँदै संसद् विघटनको सिफारिस सदर गर्न मिल्छ श्रीमान्?’

अधिवक्ता गोविन्द बन्दीले रक्षकबाट नै संविधानको पालना नभएको बताएका छन्।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं– अधिवक्ता गोविन्द बन्दीले रक्षकबाट नै संविधानको पालना नभएको बताएका छन्।

प्रतिनिधिसभा विघनविरुद्ध परेका रिटबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहसमा बिहीबार भाग लिँदै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिस सदर गरेर असंवैधानिक काम गरेको बताए। 

उनले भने, ‘राष्ट्रपतिले चियाको कप पनि सेलाउन नपाउँदै ससद् विघटनको सिफारिस जारी गर्न मिल्छ श्रीमान् ? हाम्रो संविधान यति कमजोर त छैन। उहाँ त संविधानको सरक्षक र पालक पनि हो नि। उहाँको दायित्व होइन श्रीमान् सिफारिस हुनेबितिक्कै जारी गर्दिने। त्यसैले राष्ट्रपतिले विघटन गरेको यो संसद् विघटन गैरसंवैधानिक छ।’

प्रतिनिधिसभामा विश्वास प्राप्त प्रधानमन्त्रीले कुनै पनि हालतमा संसद् विघटन गर्न नमिल्ने जिकिर उनले गरे। ‘कार्यकाल बाँकी रहँदै संसद् विघटन गर्न र चुनावको मिति तोक्न मिल्दैन। अहिले निर्वाचन गर्ने क्षमता छ कि छैन, त्यो मुलुकको हितमा छ कि छैन, त्यो पनि हेर्नुपर्छ श्रीमान्। यदि निर्वाचन भएमा त्यसले आर्थिक भार थप्छ। जनतालाई दुःख दिने काममात्रै हुन्छ।’

ट्र्याकभन्दा बाहिर गएको राजनीतिलाई ट्र्याकमा ल्याउने दायित्व इजलासको भएको उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका छन्।

 

प्रकाशित: Jan 28, 2021| 07:31 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।