शनिबार, भदौ २०, २०८३

सुर्खेतमा २८ सयलाई कोरोना खोप लगाइने 

सुर्खेतमा पहिलो चरणमा २८ सय जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ। 
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

सुर्खेत– सुर्खेतमा पहिलो चरणमा २८ सय जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ। 

जिल्ला जनस्वास्थ्य कार्यालयको कार्यतालिका अनुसार माघ २० गतेसम्म खोप लगाई सकिने छ। जसअनुसार वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकाका फन्टलाइनर्सलाई प्रदेश अस्पताल र मेहलकुना अस्पतालमा भेरीगंगा र गुर्भाकोटका नगरपालिकाका १६ गतेसम्म खोप लगाइ सकिने छ।

त्यस्तै १७ गते लेकवेशी नगरपालिका, १८ गते चिङ्गाड गाउँपालिका, १९ गते पञ्चपुरी नगरपालिका र २० गते चौकुने गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य प्रमुख चेतननिधी वाग्लेले जानकारी दिए।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप दिइने छ।

प्रकाशित: Jan 28, 2021| 07:23 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।