शनिबार, भदौ २०, २०८३

प्रतिबन्धित औषधिसहित क्लिनिक सञ्चालक पक्राउ

कैलालीमा लागु औषधको रुपमा प्रयोग हुँदै आएको प्रतिबन्धित औषधिसहित हेल्थ क्लिनिकका सञ्चालक पक्राउ परेका छन्। 
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

धनगढी– कैलालीमा लागु औषधको रुपमा प्रयोग हुँदै आएको प्रतिबन्धित औषधिसहित हेल्थ क्लिनिकका सञ्चालक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा जिल्लाको लम्कीचुहा नगरपालिका–५, चौरीस्थित हेल्थ क्लिनिकका सञ्चालक २७ वर्षीय करीश ढकाल रहेको प्रहरीले जनाएको छ।  

प्रतिबन्धित औषधी बिक्री भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले उनको क्लिनिकबाट ५२ पत्ता ट्रामाडोल, ४६ पत्ता आइपी एभिल–५० बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए। 

उनीविरुद्ध लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी म्याद थप भइसकेको र अनुसन्धान जारी रहेको बिष्टले बताए।

प्रकाशित: Jan 28, 2021| 07:03 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।