शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा दाहाल–नेपाल समूहले २८ गते अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने

नेकपा दाहाल–नेपाल समूहले २८ गते अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको नेकपाको दाहाल–नेपाल पक्षले यही माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने बताएको छ।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको नेकपाको दाहाल–नेपाल पक्षले यही माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने बताएको छ।

केन्द्रीय आन्दोलन संघर्ष समितिको आज बिहान पेरिसडाँडामा बसेको बैठकले जनप्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले जानकारी दिए।

दुवै अध्यक्षको उपस्थितिमा बसेको बैठकमा उनीहरुले संसद् विघटनविरुद्धको आन्दोलनमा सहभागिता जनाउने सबैलाई धन्यवाद दिएका थिए।

तेस्रो चरणको आन्दोलनको घोषणा गरेको  दाहाल–नेपाल पक्षले आज पनि माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना कार्यक्रम गरिरहेको छ।
 

प्रकाशित: Jan 28, 2021| 06:59 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।