काठमाडौं– प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध सर्वोच्च अदालतमा परेका अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सबै मुद्दाको पेशी तोकिएको छ।
अदालतमा विचाराधीन मुद्दा (प्रतिनिधिसभा विघटन) लाई प्रभावित बनाउने अभिव्यक्ति दिएको भन्दै उनीहरुविरुद्ध रिट दायर भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले, पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले र चार जना पूर्वप्रधानन्यायाधीहरूविरुद्ध धनजित बस्नेत र लोचन भट्टराईले अदालतको अवहेलनासम्बन्धी रिट दायर गरेका हुन्।