काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्व आन्दोलनमा उत्रिएको नेकपाको दाहाल–नेपाल पक्षले थप आन्दोलनको रणनीति बनाउन छ्लफल गरिरहेको छ।
दुवै अध्यक्षको उपस्थितिमा पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा अहिले बैठक बसिरहेको छ।
केन्द्रिय संघर्ष समितिले केही दिन अघि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो।
नेता विष्णु रिजालले थप आन्दोलन कार्यक्रम तय गर्न तथा घोषित आन्दोलनको समिक्षा गर्न बैठक बसिरहेको जानकारी दिए।
आन्दोलनको घोषणा गरेको नेकपा दाहाल–नेपाल पक्षले आज पनि तेस्रो चरणको आन्दोलको कार्यक्रम अनुसार माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना बस्ने कार्यक्रम गर्दैछ। बिहान ११ बजे धर्नाको कार्यक्रम हुन लागेको हो।