बुटवल– नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल आज बिहीबार बुटवल आउँदैछन्। संसद् विघटनविरुद्धको जनसभालाई सम्बोधन गर्न उनीहरु बुटवल आउन लागेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दाहाल–नेपाल समूहले बुटवलमा प्रदेशस्तरीय विरोधसभा तय गरेको छ। लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधिमूलक सहभागितामा प्रदर्शनपछि विरोधसभा हुने संघर्ष समिति लुम्बिनीका संयोजक एवं नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले बताए।
बुटवलको पुष्पलाल पार्कमा हुने सभालाई दाहाल र नेपालसहित घनश्याम भुसाल, चन्द्रप्रकाश खनाल, बर्षमान पुन, युवराज ज्ञवालीलगायत नेताहरुले सम्बोधन गर्नेछन्।